बढ्दो ब्याजदरको बिरोध गर्दै जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले बैङ्कको बढ्दो ब्याजदर सहितको १२ बुँदाको माग गर्दै नेपाल राष्ट्र बैङ्क जनकपुरधाममार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाइमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घबाट निस्केको विरोध प्रदर्शन सहितको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै बिद्यापति चोकमा रहेको नेपाल राष्ट्र बैङ्क जनकपुरधामका प्रमुख मिना ताल्चाभडेललाई बुझाएको छ ।
व्यापारीहरूले बैङ्कको व्याज १ अङ्कको हुनुपर्ने, बैङ्कहरूको अनावश्यक खर्च कटौती हुनुपर्ने जस्ता मागहरू गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

व्यापारीहरूले हातमा कालोपट्टी बाँधेर कालो ब्यानरसहित विभिन्न नारा लगाउँदै नगरभरि प्रदर्शन गरेका थिए ।
बैङ्कहरूले दिने गरेको चर्को व्याजका कारणले व्यापारीहरू मारमा परेको भन्दै १२ बुँदाको ज्ञापनपत्र अर्थ मन्त्रालय तथा धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र दिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझाउनका लागि विभिन्न व्यापारिक संस्थाका पदाधिकारीहरू, उद्योगी तथा व्यापारीहरू पनि सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्