डोकोमै बिरामी बोकेर उपचार गर्नुपर्ने बाध्यता
बझाङ । गाउँघरमा बिरामी हुँदा होस या लडेर घाइते हुँदा अझै स्वास्थ्य संस्थामा बिरामी पुर्याउन स्थानीयहरू समस्या भोग्दै आएका छन् ।

बझाङ जिल्लाका कतिपय गाउँपालिकामा बाटोघाटो राम्रो नहुँदा र यातायातको पहुँच समेत नपुगेको हुँदा डोकोमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने अवस्था बाध्यता रहेको छ ।

मष्टा गाउँपालिका ३ ढंडार घर भएका ७३ बर्षीय जोगगिरी धामीको उपचारको लागी सदरमुकाम चैनपुर ल्याइएको हो । भरिया बनेर सदरमुकाम चैनपुर पुग्नुभएका आफन्त वीर बहादुर धामीले भन्नुभयो, ‘गाडीमा हालेर ल्याऊँ भने सडक राम्रो छैन । गाउँघरमा स्ट्रेचर पनि छैन । उपचार गराउनै पर्यो ।’ उहाँले भन्नुभयो, ‘बोकेरै भए पनि उपचार गर्न ल्याएको हुँ । दुई दिनसम्म सदरमुकाम चैनपुरमा राखेर उपचार गराएपछि बोकेरै घर लान लागेको हुँ । दमका बिरामी भएकाले झन् समस्या भएको छ ।’

मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले भन्नुभयो, वडा नम्बर ५ बाहेक सबै वडामा आइतबार मात्रै सडक सफा गरेर बाटो खोल्ने काम भएको बताउनुभयो । स्वास्थ्य चौकीमा स्ट्रेचर भए पनि स्ट्रेचर मागेर स्वास्थ्य संस्थामा बिरामी बोकेर ल्याउने बानीको विकास नभएको हुँदा डोकोमा बोकेर ल्याएको हुन सक्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्