प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
देउवा चुनावी प्रचार प्रसारका लागि यही कात्तिक १७ गते डडेल्धुरा पुग्नुभएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थाल्नुभएको छ ।
प्रधानमन्त्री देउवा सोमबार काठमाडौँ फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागिनसकेको स्वकीय सचिव देउवाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्