महाकालीमा पक्की पुल बन्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको भित्री मधेश क्षेत्रको जोगबुढामा पुगेर महाकालीमा भारत र नेपालको दुई देशीय पक्की पुल बनाउने बताउनु भएको छ ।
आइतबार जोगबुढाको लालढुगाको खुल्ला मञ्चमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले महाकाली नदीमा पक्की पुलका लागी भारत सरकार सँग छलफल भइरहेको बताउनु भएको छ ।
जिल्लाको आधा जनसङ्ख्या रहेको भित्री मधेश जोगबुढा र आलितालको भारतीय सीमा सँग जोडिएको महाकाली नदीमा पक्की पुल निर्माण भएपछि यहाँको आर्थिक विकासमा निकै कायपलय हुने प्रधानमन्त्री देउवाको भनाई थियो ।
बुडर जोगबुढा सडक खण्ड कालोपत्रे भइरहेको र थप जोगबुढा लिपना दैजी सडक र शीर्ष रुपाल चिरकिटटे सडक समेत कालोपत्रेका लागि बजेट बिनियोजन गरिने बताउनुभयो ।

वर्षाै देखिका बिजुली, खानेपानी, सिचाइका समस्याहरू छन् मैले राम्रो सँग बुझेको छु र समाधानका लागि रहनेछु प्रधानमन्त्री देउवाले भने यहाँको अस्पतालको वृद्धि विकास संगैं विशेषज्ञ सेवा सुचारुका लागि लाग्ने बताउनुभयो ।
डडेल्धुरामा मेडिकल कलेजको सुरुवात भएको छ र जोगबुढामा विशेषज्ञ सेवा सहितको सुविधा युक्त अस्पताल बनाउन आफु लागिरहेको बताउनुभयो ।
मुलुकलाई द्वन्द्वबाट बचाउन गठबन्धन गर्नुपरेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले चुनाव पछि पनि काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ । चुनावी गठबन्धन मात्रै होइन सरकार निर्माणका लागी पनि गठबन्धन आवश्यक पर्ने भएकाले मतदान गरेर विजयी गराउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
विकासका साझा मुद्दामा न्यूनतम समझदारी गर्दे अघि बढ्ने गठबन्धनको दृष्टिकोण रहेकाले यहाँको विकासका लागी आफूहरू संवेदनशील रहेको बताउनुभयो ।
चुनावी सभालाई प्रदेश ख का उम्मेदवार गोविन्द बोहरा र प्रदेश क का उम्मेदवार खगराज भट्टले बोल्नु भएको थियो । उहाँहरूले काँग्रेस माओवादी नभनीकन गठबन्धनका साँझ उम्मेदवारलाई मतदान गरेर राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागी मत जाहेर गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री देउवा चार दिनपछि आज डडेल्धुराबाट धनगढी तर्फ लाग्नु कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनले प्रधानमन्त्री देउवालाई ३२ बुद्धे माग सहित ३२ किलोको माला सहित स्वागत गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्