तपाईँ सुन्दै हुनुहुन्छः

बारामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

बारा । बारामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

तामागढी– सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका–५ का ३० वर्षीय अजयकुमार यादवको मृत्यु भएको हो ।

घाइते भएका बारागढी गाउँपालिका–५ सिहासनिका सञ्जय चौधरीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button