सुर्खेतमा अवैध ३४० बोरा चिनी बरामद
सुर्खेत । सुर्खेत प्रहरीले कर्णालीको मुख्य नाका बबईबाट अवैध चिनी बरामद गरेको छ ।
बबई चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले आज नियमित चेकजाँचका क्रममा कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे१ख–३०४१ नम्बरको ट्रकबाट ३ सय ४० बोरा अवैध चिनी बरामद गरेको हो ।
भन्सारसँगै अन्य आवश्यक कागजात विना नै ढुवानी भइरहेको पाइएपछि प्रहरीले ट्रक, चिनी, र ट्रक चालक कैलालीको लम्किचुहा नगरपालिका–२ का नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी निरीक्षक) पर्शुराम चौधरी जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्