तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभाव : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

देशभर मौसम सामान्यतया सफा रहेको छ।

२०७९ कार्तिक १६ गते  (बुधबार)

दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

२०७९कार्तिक १७ गते  (विहीबार)

दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ कार्तिक १८ गते  (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

उल्लेखनीय चेतावनी  छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button