तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाले लगाउनुभएन भाइटीका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन ।
भ्रातृ शोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।
भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनु भएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button