तपाईँ सुन्दै हुनुहुन्छः

वसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइयो (फोटोफिचर)

काठमाडौँ । नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ ।
यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।
नेपाल संवत्को अवसरमा आज काठमाडौँ  उपत्यकाको बिभिन्न स्थानमा झाँकी र र्‍याली निकालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button