तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा पहिलो पटक टाउकोको सफल शल्यक्रिया

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मकवानपुर जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकोको शल्यक्रिया भएको छ । टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अवस्थाका हेटौँडा–१५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो ।
हेटौँडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्य प्रसाद साह, एनेस्थेटिस्ट डाक्टर ईश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । साधन श्रोतको अभावबिच पनि गोल्ड मेडलिस्ट डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल भएको हो ।
थिङको शल्यक्रिया अनुभवबारे डाक्टर साहले भन्नुभयो–“टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेको र टिमले निकै मेहनत गरेर काम गर्दा एक जना कमजोर आर्थिक अवस्था भएका बिरामीको ज्यान जोगिएको छ ।” हाल बिरामीको अवस्था सामान्य रहेको जानकारी दिँदै छिट्टै डिस्चार्ज गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button