तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा राती ९ः०० बजेपछि देउसी भैलो खेल्न नपाइने

पाँचथर । पाँचथरमा रातिको ९ः०० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन रातको समयमा देउसी खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नजिकिँदै गरेको निर्वाचनमा शान्ति सुरक्षामा प्रभाव नपरोस् भनी रातभर देउसी खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।

बैठकमा देउसी भैलोसँगै बिहान ५ः०० देखि राती ९ः०० बजेसम्म मात्र होटलहरु सञ्चालन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

जिल्लास्थित सुरक्षा प्रमुखहरू, नागरिक समाज, राजनीतिक दल र विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितिमा यस्तो निर्णय भएकोले कार्यान्वयनमा आउने प्रजिअ गैरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button