‘चार वर्षमा सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला’
अजय बम । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आगामी चार वर्षभित्र ७ वटै प्रदशेमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गर्नुभएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सदस्य सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्न तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्ने जानकारी गराउनु भयो ।
परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै सदस्य सचिव सिलवालले पहिलो काम नै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराउँद सबैको साथ र सहयोगले साग सफल रुपमा साग सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनु भयो ।
शुक्रबार सागमा विजेता खेलाडीलाई नगर परिक्रमा गरिने सदस्य सचिव सिलवालले जानकार दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्