पेन्टागनका प्रमुखद्वारा रुसी समकक्षीलाई युक्रेनबारे सम्पर्क कायम राख्न आग्रह
वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना रुसी समकक्षी सेर्गेइ शोइगुलाई युक्रेनमा जारी युद्धबारे ‘सञ्चारका बाटाहरू’ खुला राख्न आग्रह गर्नुभएको छ ।
दुई नेताबीच शनिबार भएको टेलिफोन वार्तामा उहाँहरूबीच खासगरी युक्रेन द्वन्द्व र यसका असरबारे कुराकानी भएको बताइएको छ ।
’विदेशमन्त्री अस्टिनले युक्रेनविरुद्ध जारी युद्धबिच सञ्चारको लाइन कायम राख्नुपर्नेमा जोड दिनुभएको छ,” अमेरिकी सेनाका ब्रिगेडियर जनरल प्याट राइडरले फोनपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रूसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वव्यापी रूपमा आर्थिक असर परिरहेका समय दुई देशका रक्षा मन्त्री बीच भएको टेलिफोन वार्ता समस्या समाधानका लागि एउटा आशाको किरणका रुपमा आएको छ । रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्