तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नुपर्छ’

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताउनुभएको छ ।

file photo

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उहाँको भनाइ छ ।

झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्ड स्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताउनुभयो ।

फरक/फरक आस्था र विचार राख्ने सबैलाई स्रष्टा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ थियो । उहाँले सबै स्रष्टा र सृजनालाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

यसैबीच साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोस्वामीद्वारा लिखित मञ्जरी कविता सङ्ग्रहको नेता सिटौलाले विमोचन गर्नुभयो । रेडक्रसकर्मी समेत रहनुभएका गोस्वामीको ‘पल्लवी’ पछिको यो दोस्रो कविता सङ्ग्रह हो । एक सय ९१ वटा कविता सङ्गृहीत पुस्तक एक सय ९२ पृष्ठको छ ।

कार्यक्रममा ज्येष्ठ प्रेमिल जोडी बझारु राजवंशी–पानो राजवंशी, रत्नप्रसाद खतिवडा–लीलाकुमारी खतिवडा, अविराम साह–तारादेवी साह, हरिप्रसाद–हरिमाया पाठक, चूडामणि–चित्रादेवी दाहाल, देवकुमार–रत्नादेवी राजवंशी, दिलबहादुर–ललिमाया राई, सुनदरला–उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button