मानव अधिकारको रक्षाले राज्यलाई बलियो र सक्षम बनाउँछ : सदस्य डा. ढुङ्गेल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले मानव अधिकारको रक्षाले राज्यलाई बलियो र सक्षम बनाउने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यशालामा आयोगका सदस्य ढुङ्गेलले आयोगले गरेका सिफारिस कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
आयोगका सदस्य मनोज दुवाडीले आयोगले गरेका सिफारिस सरकारले कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयनको वर्तमान अवस्था सन्तोषजनक नभएको बताउनुभयो ।
उहाँले आयोगका सिफारिसहरू १५ प्रतिशतमात्र पूर्ण कार्यान्वयन भएको, ३८ प्रतिशत आंशिक र बाँकी कार्यान्वयन नै हुन नसकेको बताउनुभयो ।
आयोगका कायममुकायम सचिव मुरारी प्रसाद खरेलले मानव अधिकारको रक्षा सबैको साझा विषय भएको र आयोगको सिफारिस कार्यान्वयनले सरकार र राज्यलाई नै सक्षम बनाउने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्