तपाईँ सुन्दै हुनुहुन्छः

इरानले  युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले इरानमाथि रुस नियन्त्रित क्राइमियाबाट युक्रेनमा ड्रोन आक्रमण गर्न सैन्य विज्ञको टोली पठाएको आरोप लगाएको छ । 

क्राइमिया गएका इरानीहरु प्राविधिक विज्ञ र तालिमकर्ताहरु भएका अमेरिकाले उल्लेख गरेको छ । 

रुसले गत सोमबार युक्रेनको राजधानी कियभमा गरेको ड्रोन आक्रमणमा प्रयोग गरिएको कामाकाजी ड्रोन इरानमा बनेको मानिएको छ । 

यसैबीच बेलायतले इरानी व्यापारिक संस्था र व्यापारीहरू माथि थप प्रतिबन्धको घोषणा गरेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button