जीतपुरका नव निर्वाचित वडा अध्यक्षहरुलाई भुमिका र जिम्मेवारी सम्बन्धी तालिम

बारा I बाराको सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाका नव निर्वाचित वडाअध्यक्षहरुलाई भूमिका र जिम्मेवारी सम्बन्धी तीन दिने तालिम प्रदान भइरहेको छ ।
तालिममा २४ वटै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको छ । वडा अध्यक्षहरूको काम ,कर्तव्य र अधिकारको विषयमा तालिममा प्रशिक्षण भइरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत मधेश प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,जनकपुरधामले तालिम प्रदान गरिरहेको छ ।

तालिमको औपचारिक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल ,बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेल , बारा प्रहरी उपरिक्षक होबिन्द्र प्रसाद बोगटी लगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्