बर्दियामा पानी र बाढीले किसानको धानबाली नष्ट:किसान चिन्तित

बर्दिया I कुनै समय अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा उत्पादन भयको धान देशका ठुला सहरहरूमा पुग्ने गरेको थियो तर अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा यश बर्ष भने धान उत्पादनमा कमी आउने देखिएको छ ।
बर्दिया जिल्लामा पर्याप्त सिचाई सुविधा नहुँदा स्थानीयहरू आकासे पानीमा भर पर्ने गरेका छन् । जसले गर्दा समयमा बर्सात नहुँदा कृषकले धान लगाउन पाएनन भने लगाएको धान समेत भित्राउने समयमा आयको बाढीले डुबाए पछि यति बेला कृषकहरू समेत चिन्तित भयका छन् ।
जिलामा कुल खेती योग्य जमिन मध्य करिब ५० हजार हेक्टर जमिनमा धान खेती हुँदै आयको छ । गत वर्षको तथ्याङ्क हेर्दा पनि बर्दियामा मात्र १ लाख २६ हजार १ सय ३६ हजार मेट्रिक टन धान उत्पादन भयको थियो । यश बर्ष बर्सातको अभावमा जनतन कृषकले धान लगाएको भय पनि धान भित्राउने समयमा आयको बर्सात र बाढीले आफूहरूलाई फेरि अन्यायमा पारेको कृषक बताउँछन् ।
कहिले मल अभाव त कहिले बर्सात नहुँदा धान लगाउन नपाउदा समेत कृषकहरूले वैकल्पिक व्यवस्था गरेर धान खेती गर्दै आई रहेका छन् । तर धान लगाई सके पछि घर भित्र लैजाने समयमा आएको बर्सात र बाढीले धानहरू सडने अवस्थामा पुगेको कृषकको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्