सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न आफू प्रतिबद्ध: प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार गर्न नयाँ ऊर्जा लिन गोरखा आएको बताउनुभएको छ ।
आज गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गोरखा जिल्लाका प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बेनिघाट–आरुघाट लार्के सडक, बुढीगण्डकी परियोजना, मध्य पहाडी लोकमार्गले गोरखालाई समृद्ध बनाउने बताउनुभयो ।
उहाँले त्रिदेशीय रणनीतिको उत्तर दक्षिण जोड्ने बाटो गोरखामा निर्माण भइरहेकोले यसले चिन, नेपाल र भारतलाई नयाँ आयाम दिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्