तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा । एकताबद्ध देश खेलकुदको सन्देश भन्ने मूल नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सह आयोजनामा गोरखा नगरपालिकास्थित गोरखा क्याम्पसमा बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।

क्लासिकल, राउण्ड र व्लिज गरी तीन वटा विधामा हुने प्रतियोगितामा ६६ जना सहभागीहरू रहेका छन् । प्रत्येक प्रदेशबाट तीन जना महिला र तीन जना पुरुष खेलाडी रहेका छन् । भूगोलका सात प्रदेश सहित आर्मी, एपिएफ, प्रहरी र एनआएनएको समूह गरी ११ टिम रहेको आयोजक सदस्य मनिशा खाम्बुले बताउनुभयो । 

गोल्ड मेडल, रजत र कांस्य गरी ६ वटाका दरले १८ वटा मेडलका लागि खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलो राउण्डको ओपन क्लासिकल राउण्डको खेल सुरु भएको हो ।

गोरखा क्याम्पसमा भएको खेल कार्यक्रममा भाग लिन देशैभरीबाट खेलाडीहरू आइपुगेका छन् । राष्ट्रिय प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

खेलाडीहरूलाई गोरखा क्याम्पसमा पुगेर गोरखा नगरपालिका प्रमुख कृष्णराना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सुरक्षा निकायका प्रमुख, राजनैतिक पार्टीका प्रतिनिधिहरूले स्वागत गरेका थिए । 

राष्ट्रिय प्रतियोगिता खेलका लागि पूर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरिएको प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button