तपाईँ सुन्दै हुनुहुन्छः

खेत बगरमा परिणत

मुगु I लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिक रूपमा क्षति पुर्याएको छ ।अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् ।  खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् । 

जलविद्युत्को पावर हाउस साथै  पशु चौपाया बगाएको छ ।  खत्याड गाउँपालिकामा तीन हजार छ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ ।  वर्षाले के  कति क्षति पुर्याएको भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ । खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भन्नुभयो, “ क्षतिको विवरण सङ्कलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ  ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button