तपाईँ सुन्दै हुनुहुन्छः

सता गठबन्धनबाटै दुई उम्मेदवार 

कलैया  । सता गठबन्धनबाट बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा सता गठबन्धनबाट नै दुई जना उम्मेदवार कायम भएको छ ।  

पाँच दलीय सता गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट नागेन्द्र साह कानु र नेकपा एसबाट बतहुराय यादवको उम्मेदवारी कायम नै रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

मङ्सिर ४ गते हुने निर्वाचनमा सता गठबन्धनको तर्फबाट नेकपा एसका नेता बतहुराय यादवले पनि प्रदेश सभा ख मा उम्मेदवारी दर्ता गराएपछि सता गठबन्धनको तर्फबाट नै दुई जनाको उम्मेदवारी परेपछि को आधिकारिक हो भने विवाद हुँदै आएको थियो । 

नागेन्द्र साह कानुको उम्मेदवारी माथि उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी खारेज गरिदिएको छ । 

नेपाली काँग्रेसको सभापतिसँग आधिकारिकता माग गरेपछि चलानी नम्बर ४६ को पत्र र दर्ता नम्बर ३ बाट नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाको हस्ताक्षर सहितको पत्रबाट कानुलाई नै पार्टीको आधिकारिकता प्रदान गरिएको बारा निर्वाचन क्षेत्र नम्बर १ को प्रमुख निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिनुभयो  । 

कानुको आधिकारिकतासँगै नेपाली काँग्रेसबाट नै निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा उमाकान्त चौधरी, प्रदेशसभा ‘क’ मा रमेश दंगाल र प्रदेश ‘ख’ मा नागेन्द्र साह कानु उम्मेदवार हुनुभएको छ । 

उम्मेदवारी फिर्ता लिन समयसीमा सकिएपछि पनि गठबन्धनमा को आधिकारिकता हो भने विषय पनि सकिएको छैन  ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button