तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोको डरले १ सय ११ परिवारको मन्दिरमा बास 

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ बोर्ता गाउँ पहिरोको उच्च जोखिममा परेको छ। एक साता देखिको निरन्तर बर्षाका कारण गाउँ माथिबाट पहिरो खसेर पुरै गाउँ असुरक्षित बनेको हो। गाउनै पहिरोको उच्च जोखिममा परेपछि  बोर्ता गाउँभरिका १ सय ११ घर परिवारले घर छोडेर डाँडामाथि  सुरक्षित स्थानमा रहेको मन्दिरमा  रात बिताइरहेका स्थानीय जयलाल भण्डारीले बताउनु भयो। 

निरन्तरको बर्षाका कारण गाउँ जाने बाटो समेत  अवरुद्ध भएको छ । आवत जावतका लागि बाटो समेत अवरुद्ध भए पछि गाउँपालिकाले राहतका सामग्री पुर्‍याउन र उद्धार गर्न  नसकिएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत राज भण्डारीले बताउनु भयो। वर्षा हुने बित्तिकै पहिरो आउने डरले डाँडा माथि रहेको मन्दिरमा बस्न जानू पर्ने बाध्यता भएपछि  बालबालिका र वृद्ध वृद्धालाई आउन जान तथा चिसोले सबै भन्दा बढी प्रभावित पारेको छ। 

भारी बर्षाले गर्दा गाउँ माथतिरको पुरै जमिन भाँसिएको छ। भिरालो जमिन भन्दा तल रहेको बोर्तामा अझै केही दिन पानी परे अनिवार्य पहिरो जाने आशङ्का आफूहरूले गरेकाले आफूहरू दिनरात नै नसुतेर जाग्राम बस्नु परेको स्थानीय साहुनी भण्डारीले दुखेसो पोख्नु भयो।

अवरुद्ध बाटो खोलेर राहत तथा उद्धारको कार्य गर्न  प्रयास भइरहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button