१ करोड १३ लाख बढी मूल्यको सामानसहित ३ ट्रक नियन्त्रणमा
वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जको विभिन्न स्थानबाट १ करोड १३ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विलमा उल्लेख गरिए भन्दा बढी सामान वीरगन्जबाट काठमाडौँतर्फ लैजाने क्रममा जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बरको मालवाहक ट्रकबाट ९० लाख बराबरको सामान, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रकमा लोड भएको २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ बराबरको विभिन्न कस्मेटिक सामान, लेडिज जुत्ता, स्टेशनरी सामान, इलेक्ट्रिक सामान सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ बराबरको सामान र ३ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय पलथैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवं डिएसपी सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्