तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दिनदेखि बेपत्ता दर्लामी मृत फेला

सल्यान । सल्यानमा बाढीले बगाएर बेपत्ता भएका एक जना पाँच दिन पछि मृत फेला परेका छन् । कालीमाटी गाउँपालिकाको जुमखोलाले बगाउँदा कालीमाटी गाउँपालिका ६ का ६५ वर्षीय नर बहादुर दर्लामी बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा सोमबार साँझ बर्दिया बासगढी नगरपालिका १ बबई नदीको बाटुल्यमा शव फेला परेको कालीमाटी गाउँपालिका ६ का वडाध्यक्ष टेक बहादुर पुलामीले जानकारी दिनु भयो ।

१९ गते दसैँको टिकाको दिन आमाको घरबाट टिका लगाएर आफ्नो घर फर्किने क्रममा जुमखोलामा आएको बाढीको दर्लामीलाई बगाएको थियो । उनको शव पोष्ट मार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा लगिएको वडाध्यक्ष पुलामीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button