तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षाका लागि गठबन्धन: गृहमन्त्री खाण

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई विकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक परेको बताउनुभएको छ । उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो छ ।

सत्ता गठबन्धनमा आबद्ध दलको सोमवार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकमा गृहमन्त्री खाणले संविधान र लोकतन्त्र खतरामा परेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउँदै आगामी दिनमा मुलुकको समृद्धि र विकासका लागि गठबन्धन अपरिहार्य रहेको औँल्याउनुभयो ।

बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख)का रामचन्द्र ढकालका साथै गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ताको सहभागिता थियो । बैठकमा सहभागीहरूले जिल्लामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निसर्त रुपम सबै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button