अध्यक्ष दाहालद्वारा गोरखा–२ बाट उम्मेदवार मनोनयन दर्ता

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार मनोनयन दर्ता गर्नुभएको छ ।
अध्यक्ष दाहालको प्रस्तावकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र समर्थकमा नेपाली काँग्रेसका गोरखा जिल्ला सचिव किशोर जङ्ग थापाले हस्ताक्षर गर्नुभएको छ ।

मनोनयन दर्ताका लागि नेपाली काँग्रेस, नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरूको जमघट रहेको थियो ।
त्यस्तै, प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे र ‘ख मा लागि फणिन्द्र देवकोटाले उम्मेदवार मनोनयन दर्ता गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्