तपाईँ सुन्दै हुनुहुन्छः

नारायणघाट मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन । पहिरोको कारण अवरुद्ध नारायणघाट मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा आउँदा अठार किलो भन्ने स्थानमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

वर्षाको कारण लेदोसहितको पहिरो झरेर सडक अवरोध भएकोमा पहिरो पन्छाएर करिब ६ बजेबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले बताउनुभयो । पहिरो दिउँसो ३ बजेतिर खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button