तपाईँ सुन्दै हुनुहुन्छः

अनुपम फुडल्यान्डमा कांग्रेस संस्थापनइतर समूहको चियापान कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह (शेखरसमूह)ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरुको सहभागिता छ ।कार्यक्रममा पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरूसमेत सहभागी हुनुहुन्छ ।

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ । शेखर समूहका नेताहरूले संस्थापन पक्षविरुद्ध विभिन्न गतिविधिसमेत गर्दै आइरहेका छन् । चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताउनुभएको छ । चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।

आफूहरूले सम्मानजक भाग नपाए गठबन्धनलाई नै हराउने चेतावनी दिइरहेको यो समूहको चियापान कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ । उक्त समूहले हिजो सानेपास्थित केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button