तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख समक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेश

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले ३२ औँ वार्षिक प्रतिवेदन आज बुधबार प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नरहरि घिमिरेले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटेर तयार गरिएको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश गर्नुभएको हो ।

संविधानको धारा २९४ को उपधारा(३) बमोजिम प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरिएको हो । प्रतिवेदन पेश गर्ने कार्यक्रममा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुती गर्नुभएको थियो । उहाँले पेश गर्नुभएको प्रतिवेदनमा ६ परिच्छेद र ४ सय ९९ पृष्ठ रहेको छ ।

आयोगले बागमती प्रदेश अन्तर्गतका ८ जिल्ला र मधेश प्रदेशका ३ वटा गरी ११ वटा जिल्लामा निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकाससम्बन्धी कार्यका साथै दर्ता भएका उजुरी उपर अनुसन्धान र अभियोजनसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button