तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान दुर्घटनाप्रति काँग्रेस प्रवक्ता महतद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सल्यान जिल्लाको कपुरकोट गाउँपालिका ३ मूलपानी नजिक आज बिहान भएको जीप दुर्घटनामा परी ८ जनाको निधन भएको  र एक जना घाइते भएको खबरले अत्यन्त दुःखी बनाएको बताउनु भएको छ ।

प्रवक्ता महतले दुर्घटनामा परी जीवन गुमाएका सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

मनसुनको प्रभाव अझै नसकिएको र देशभरका राजमार्ग तथा कच्ची बाटाहरू बाढी र पहिरोले बिग्रेको अवस्था रहेकोले दशै, तिहार र छठ जस्ता चाडबाडको समयमा यात्रा गर्दा जोखिमलाई ध्यानमा राख्न सवारी धनी, चालक, यात्रुहरू र सडक यातायात तथा सवारी साधन व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी, राजमार्ग यातायात सञ्चालक समिति र स्थानीय निकायहरूलाई अनुरोध गर्दे सवारी साधनहरूको नियमित परीक्षण, मर्मतसंभार, सीट सङ्ख्या अनुसार यात्रुहरूको व्यवस्थापन र समय तालिका अनुसार सवारी साधन सञ्चालन गर्नेतर्फ  ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button