तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलले बुझायो प्रदेशसभा सिट बाँडफाँडको प्रस्ताव :  टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई 

file photo

काठमाडौं । सत्तारुढ दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडलाई अन्तिम टुङ्गोमा पु¥याउन शीर्ष नेतासहितको कार्यदल बैठक आज पनि जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेतासहितको बैठकमा कार्यदलले प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव शीर्ष नेतासमक्ष प्रस्तुत गरेको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिनुभयो । 

कार्यदलका सचिव जोशीका अनुसार प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव कार्यदलले यसअघि नै शीर्ष नेतासमक्ष प्रस्तुत गरिसकेको छ । 

कार्यदलले प्रस्तुत गरेको प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको प्रस्तावलाई शीर्ष नेताहरूले अन्तिम टुङ्गो लगाउने गरी छलफल जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button