आजको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ भने अन्य देशको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रिदर १५० रुपैयाँ ५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
प्रतिक्रिया राख्नुहोस्