तपाईँ सुन्दै हुनुहुन्छः

अछामका एक युवकको भारतमा रेलमा च्यापिएर मृत्यु

अछाम । अछामका एक युवकको भारतमा रेलमा च्यापिएर मृत्यु भएको छ । 

जिल्लाको मङ्गलसेन ४ खातिगाउँका प्रकाश भुलको रेलमा च्यापिएर मृत्यु भएको हो ।

३० वर्षका भुललाई सेप्टेम्बर १५ तारिखका दिन भारतको तेलंगना राज्यको हैदरबाद जिल्लास्थित अलवाल स्टेसनमा रेलले ठक्कर दिएको थियो । आफन्तको मलामीबाट फर्किँदै गर्दा रेलवे पार गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको त्यहाँ रहेका टेकबहादुर आउजीले बताउनुभएको छ  ।

उनको सोही दिन घटनास्थलमै मृत्यु भए पनि आफन्तले ढिलो गरी थाहा पाएका हुन् । 

पाँच दिनसम्म पनि प्रकाश सम्पर्कमा नआएपछि उनको खोजी गर्ने क्रममा अलवात स्टेसनमा उनले लगाएका कपडा र चप्पल भेटिएपछि त्यसको आधारमा उनको खोजी गरिएको थियो । 

मृतकका आफन्त राजेश भुलका अनुसार शवको हैदराबादको गान्धी अस्पतालमा पोष्र्टमार्टम गरिएको छ । 

बाल्यावस्थामै भारत रहेका उनी १५ वर्ष अघिदेखि भारतमै रोजगारी गर्दै आएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button