तपाईँ सुन्दै हुनुहुन्छः

टरिगाउँ विमानस्थलको विषयमा दाङवासी निराश हुनु पर्दैन : मन्त्री श्रेष्ठ

दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विमानस्थलको विषयमा अब दाङवासी निराश हुनु नपर्ने बताउनुभएको छ । 

टरिगाउँ विमानस्थलको स्थलगत अनुगमनका लागि तुलसीपुर आउनुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । 

सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीका साथ टरिगाउँ विमानस्थल आउनुभएका पर्यटन मन्त्री श्रेष्ठले लामो समयदेखि पर्खाइ भएको भन्दै निराश हुनु नपर्ने बताउनुभएको हो ।

विमानस्थलको विकासका लागि बजेट व्यवस्थापनका लागि अर्थमन्त्रीसँग सल्लाह गर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले सरकारले निर्माण भएका विमानस्थल सञ्चालनमा ल्याउने र अन्य जिल्लामा विमानस्थल निर्माण गर्ने बताउनुभयो । 

यस्तै, सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल सञ्चालन गर्नुपर्ने बताउनुभयो । सबैको हातेमालोले मात्रै विमानस्थल निर्माण तथा सञ्चालन हुने भन्दै सबैको भूमिका हुनुपर्ने बताउनुभयो । 

विमानस्थलको विकासका लागि रकमको अभाव हुन नदिने भन्दै मन्त्री चौधरीले स्थानीय जनप्रतिनिधि, नागरिक समाज, पत्रकारहरूको भूमिका पनि ठूलो हुने बताउनुभएको थियो । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले विमानस्थल नियमित गर्नका लागि स्थानीय स्तरबाट पनि दबाब सिर्जना गर्ने भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button