तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा समाजसेवी सङ्ग्रौलाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी कृष्णप्रसाद सङ्ग्रौलाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले शोक विज्ञप्ति जारी गरी कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाका ससुरा समाजसेवी एवम् ज्योतिष कृष्णप्रसादको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

सङ्ग्रौलाको असोज ३ गते बेलुका ८ बजे आफ्नै निवास मोरङ विराटनगर महानगरपालिका–३ मा ९५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले स्व कृष्णप्रसादप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button