तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ ।

congress-flag

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज ४० जना सदस्य मनोनीत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समितिको सदस्य सचिवमा पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button