पोखरीयामा सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान शुरु

वीरगंज । पोखरिया नगरपालिकाले सार्वजनिक ऐलानी जग्गामा निर्माण गरिएका घर टहरा तथा अतिक्रमण हटाउने अभियान शुरु गरेको छ ।
३ दिन अगाडी एक सूचना जारी गरी पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको बजार क्षेत्र मा अवैध तरीकाले ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरू हटाउन आदेश दिएकोमा आजबाट अटेरी गर्नेहरूको घर टहरा हटाउन शुरु गरिएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानु को सक्रियतामा नगरपालिकाको जेसीबिको प्रयोग तथा ईलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी सुरक्षा बेस पोखरियाको सहयोगमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाइएको वडा अध्यक्ष कानुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्