राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिवेदनमा आयोगले वर्षभरि सम्पादन गरेका,सम्पादन गर्नुपर्ने लगायतका कार्यहरूका साथै अनुसरण गर्नुपर्ने कामहरू समेत औँल्याइएको छ ।
समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा उच्च कर्मचारीका साथै राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्