सुनसरीमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना
सुनसरी । सुनसरीमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका १२ स्थानीय तहका सबै नागरिकको सुरक्षासहित पर्वमा हुनसक्ने अनधिकृत क्रियाकलाप र असुरक्षालाई मध्यनजर गरी चाडपर्व लक्षित सुरक्षा निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख (एसपी) प्रभु प्रसाद ढकालले सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालय, इकाई तथा चौकीले उच्च निगरानी बढाएको जानकारी दिनुभयो ।
ढकालका अनुसार मुख्य गरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरीतका कार्य हुनसक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ ।
चाडपर्वको समयमा हुनसक्ने अपराध रोक्न ११०७ जना प्रहरीसहित विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिएको सुनसरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्