सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध: मन्त्री खाण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सरकार आम नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा गृहमन्त्री खाणले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताउनुभयो ।

मन्त्री खाणले देशको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको बताउनुभयो ।
महान्यायाधिवक्ता खम्बबहादुर खातीले महान्यायाधीवक्ताको कार्यालयले आत्महत्या रोकथामका लागि पञ्चवर्षीय योजना बनाएर अगाडि बढेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हरेक व्यक्तिले आफूलाई समस्या परे आफ्नो परिवार तथा आफन्तलाई समस्या शेयर गरेर समाधान निकाल्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आत्महत्या रोकथाम गर्न प्रहरीको एक्लो प्रयास सम्भव नभएकोले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्