तपाईँ सुन्दै हुनुहुन्छः

एमालेद्वारा समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित

काठमाडौँ । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ ।

यसअघि समानुपातिकबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई यस पटक नसमेटिएको भन्दै उहाँले एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकतर्फको सूची बुझाउने बताउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित एक सय १० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

file photo

एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा आदिवासी, जनजातितर्फ ३२, खस आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेसीतर्फ १७ जनालाई समेटेको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button