खल्ती डिजिटल वालेट मलेसियामा पुरस्कृत
काठमाडौँ । नेपालको खल्ती डिजिटल वालेट विस्टा ग्लोबल इनोभेसन एण्ड टेक एक्स्लेन्स अवार्डबाट मलेसियामा पुरस्कृत भएको छ ।

नेपालबाट क्यान महासङ्घ लगायत विश्वका विभिन्न ८० देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरू सदस्य रहेको विस्टाले मलेसियाको पेनाङमा भइरहेको वर्ल्ड कङ्ग्रेस अन इनोभेसन एण्ड टेक्नोलोजी २०२२ को अवसर पारेर खल्तीलाई पुरस्कृत गरेको हो ।
विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोबल आइसिटी एक्सिलेन्स अवार्डका निम्ति विस्टाले आफ्नो प्रतिनिधित्व रहेका ८० देशका सदस्य संस्थाहरू मार्फत नामाङ्कनका निम्ति आह्वान गरेको थियो ।
पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामाङ्कनका निम्ति आह्वान गरिएकोमा नेपालबाट क्यान महासङ्घमा प्राप्त विभिन्न नामांकनहरुमध्ये ३ विधाका निम्ति सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका विभिन्न ५ वटा कम्पनी छनौट गरी पठाएको मध्ये खल्ती डिजिटल वालेट विश्वभरबाट प्राप्त सयौँ नामाङ्कनहरू मध्येबाट डिजिटल अपर्चुनिटी/ईन्क्लुजन विधामा पुरस्कृत भएको क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिनुभयो ।
५० हजार भन्दा बढी एजेन्ट नेटवर्क रहेको एवं २० लाख भन्दा बढी प्रयोगकर्ताले आफ्नो सेवा प्रयोग गरेको खल्तीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्