तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा बजार अनुगमन

रोल्पा । चाडपर्व नजिकिएसँगै रोल्पा जिल्लाको सदरमुकाम लिवाङ बजारमा छड्के अनुगमन  गरिएको छ ।  

अनुगमनको क्रममा ४ व्यापारीलाई  ३५ हजार नगद जरीवानास्वरुप कारबाहीमा परेका छन् मूल्य सँुचि नराखेका र म्याद गुज्रिएका गैर खाद्यान्न तथा पेय पदार्थ राखेको अनुगमन कार्यमा बाधा पुर्‍याएकाले चेतावनीस्वरुप कारबाहीमा परेका हुन 

उद्योग वाणिज्य समिति उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय र पत्रकारको समन्वयमा व्यापारिक पसलमा अनुगमन गरिएको हो  । 

मूल्य सूची नराख्ने  सोनु थापा स्टोर्सलाई १० हजार , पिर्जा सप्लायर्समा म्याद गुज्रिएको पिय पदार्थ राखेको हुँदा  १० हजार जरिमाना गरिएको छ ।

त्यसैगरी नरघिस खाद्य स्टोर्समा गैर खाद्यान्न र खाद्यान्न एकै ठाउँमा राखी प्रज्वलनशील पदार्थ (मट्टितेलका ) कारोबार गरी खरिद बिल नदेखाएकोले  र  व्यावसायिक पत्रमाण पत्र नराखेको हुँदा  ५ हजार , एसअल स्टिोर्सले मूल्य सुँचि नराखी  गैर खाद्यान्न र खाद्यान्न एकै ठाउँमा राखेर ब्यापार गरेको भेटिएकोले  १० हजार जरिवाना  गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button