तपाईँ सुन्दै हुनुहुन्छः

देउखुरीमा स्थायी राजधानी स्थापना हुन्छ: मुख्यमन्त्री केसी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले देउखुरीमा स्थायी राजधानी स्थापना गरेरै छाड्ने बताउनुभएको छ ।

file photo

सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तरक्रियामा उहाँले लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभाबाट नै पारित भइसकेकाले यही सरकारले देउखुरी उपत्यकामा लगेरै स्थापना गर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा संविधानले प्रदान गरेको अधिकारअनुसार मन्त्रालयको सङ्ख्या विशेष परिस्थितिमा बढाएको भए पनि आफूले हस्तान्तरण गर्दा कमभन्दा कम मन्त्रालय बनाएर जाने योजना रहेको उहाँले सुनाउनुभयो । मुख्यमन्त्री केसीले केही सांसद र सरोकारवालाले राजधानी सार्नका लागि हतार नगर्न सरकारलाई सुझाव दिएको भन्दै उहाँले प्रदेशसभाबाटै पारित भएकाले दायाँ बायाँ गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

राजधानीका लागि आधारभूत संरचना निर्माण भइसकेको जनाउँदै उहाँले प्रदेशसभा भवन बनिसकेको प्रशासनिक भवन पनि निर्माणको चरणमा रहेको बताउनुभयो ।

कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले योजनाबद्ध ढङ्गले गरिएको अनियमिततालाई रोक्नुपर्ने र गर्दै जाँदा हुने समस्यालाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

विभिन्न विस्तृत सर्वे गरिएका योजना सम्पादन तथा कार्यान्वयन नहुँदा राज्यको रकम अनाहकमा खर्च भइरहेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले लुम्बिनी प्रदेशमा आर्थिक प्रणाली सकारात्मक भएको जनाउँदै आगामी दिनमा अझै सुधार गर्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button