पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

पाँचथर । पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गतको पाँचथरको काबेली फिदिम सडक खण्ड अवरुद्ध भएको छ ।
गए राती हिलिहाङ गाउँपालिका – २ मा अन्दाजी ३० मिटर माथि बाट ढुङ्गे पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक सुचारु गर्न नेपाल प्रहरी र स्थानीय वासी लागी परेका छन् । सडक पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने पाँचथर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्