बलिउड फिल्म ‘इश्क पश्मीना’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । बलिउड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको फिल्म ‘इश्क पश्मीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
अभिनेता भाविन भानुशाली र अभिनेत्री मालती चाहरको मुख्य भूमिका रहेको इश्क पश्मीना फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्मका नायक, नायिका र निर्माता सुरज सूर्या मिश्रा सहितको टोलीले गत शनिबार काठमाडौँमा फिल्मको टिजर र गीत सार्वजनिक गरेको थियो । शनिबार नै टोलीले पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेको थियो ।
नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुनुहन्छ भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुनुहुन्छ ।
भारतको सिमलामा छायाङ्कन गरिएको फिल्मले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा भनेको फिल्मका निर्माता सुरज सूर्या मिश्राले बताउनुभएको छ । अभिनेत्री मालतीले कथाले युवा पुस्ताको मन छुने बताउनुभयो ।
फिल्मको निर्देशन अरविन्द पाण्डेले गर्नुभएको हो । ‘इश्क पश्मिना’ फिल्म सेप्टेम्बर २३ देखि नेपाल र भारतमा प्रदर्शनमा आउने छ ।








प्रतिक्रिया राख्नुहोस्