सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक अहिले जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी तयार पार्न लागिएको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
कार्यदलको बैठकले आजै प्रतिवेदनलाई अन्तिम रूप दिई शीर्ष नेतृत्व सहितको बैठकमा पेश गर्ने तयारीका साथ काम भइरहेको सचिव जोशीले बताउनुभयो ।
सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्