तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

सल्यान  । सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी  ४ वर्षीया छोरी सृष्टि बिकको मृत्यु भएको हो ।

आफ्नै घरको नजिकै आँगनमा आमासँगै  हिँडिरहेको अवस्थामा  बालिकालाई मङ्गलवार साँझ करिब ६ बजे सर्पले टोकेको थियो । सामान्य घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको उनको आमाले बताउनुभयो । 

चालु आर्थिक वर्षमा मात्र सल्यानमा सर्पको टोकाईबाट दुई जनाको मृत्यु भइसकेको छ । सर्प दंशको उपचार नजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button