तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको बैठक जारी

File Photo

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक अहिले जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी छलफल भइरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

सकेसम्म कार्यदलको बैठकले  आजै सबै कुरा टुङ्ग्याएर  प्रतिवेदन बनाउने गर छलफल अघि बढेको छ । 

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button